काठमाडौं, २८ मंसिर । नेकपा एमालेले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण ९माइन्युट० गर्न माइन्युट कमिटी गठन गरेको छ।
महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ रहेका छन् । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य रहेका छन् ।
महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षहरूलाई व्यवस्थित रूपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ।
