विनियोजन विधेयकअन्तर्गत शीर्षकमा सोमबारदेखि मन्त्रीले जवाफ दिने

विनियोजन विधेयकअन्तर्गत शीर्षकमा सोमबारदेखि मन्त्रीले जवाफ दिने


विनियोजन विधेयकअन्तर्गत शीर्षकमा सोमबारदेखि मन्त्रीले जवाफ दिने

काठमाडौँ, । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ ।

आजको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । 

उनले यही जेठ ३० गतेको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको बताए । 

आजको बैठकमा तोकिएको शीर्षकमा भाग लिने क्रममा नेकपा ९एमाले० का सांसद गोकुलप्रसाद बाँस्कोटाले न्यायपूर्ण बजेट वितरण हुन नसकेको बताउँदै युटिलिटी करिडोर बनाउँदा खानेपानीको पाइपलाइन, ढल, बिजुलीको तार, सञ्चारजस्ता क्षेत्रमा समन्वय र सहप्रयोगका लागि कानूनी प्रबन्ध गर्न सकेमा लगानी कम हुन जाने जनाए ।

नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले गैरसरकारी क्षेत्रमा पनि सुत्केरी सुविधा र बच्चाको स्वास्थ्य हेरचाहका लागि ध्यान दिन आग्रह गर्दै सरकारी अस्पतालमा एउटै शय्यामा धेरै बिरामी राखेर उपचार गराइने स्थिति अन्त्य गर्न आग्रह गरे ।

उनले दलित, गन्धर्व र वादीजस्ता समुदायका लागि विशेष ध्यान दिन पनि आग्रह गरे । 

एमालेका विशाल भट्टराईले सरकारी कर्मचारीको तलब वृद्धि भए पनि ग्रामीण क्षेत्रमा खटिने स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाउन ध्यानाकर्षण गराए ।

उनले खोटाङको दिक्तेल बजारको सडकको ढलानलाई पूर्णता दिन बजेट व्यवस्था गर्न आफूले सम्बन्धित मन्त्रीलाई लिखित आग्रह गर्दा पनि पूर्वाग्रहपूर्वक बजेट नराखिएको टिप्पणी गरे ।

शोक प्रस्ताव पारित

आजको बैठकमा पूर्वसांसद भद्रबहादुर थापाको निधनमा एक मिनेट मौनधारणसहित शोक प्रस्ताव पारित गरिएको छ । नेकपा (एमाले) बाट विसं २०५६ मा पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद थापा अन्तरिम व्यवस्थापिकाको पनि सदस्य छन्।

उनको निधन यही जेठ २८ गते भएको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३० गते सोमबार बिहान ११ बजे बस्नेछ ।


प्रकाशित मिति: आइतबार, २९ जेठ, २०७९, २१:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९