अर्थमन्त्रीको विषयमा छानविन गरौं : महेश बस्नेत

अर्थमन्त्रीको विषयमा छानविन गरौं : महेश बस्नेत

‘मल ल्याउन नसक्ने कृषिमन्त्रीलाई कारवाही हुनुपर्छ’


अर्थमन्त्रीको विषयमा छानविन गरौं : महेश बस्नेत

प्रतिनिधिसभाको आज सोमबारको वैठकमा अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि सांसदहरुले प्रश्न उठाएका छन् । आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्व कर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो ।

एमाले सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानविनको माग समेत गरेका छन् । उनले भने, ‘आज मात्रै हामीले समाचार सुन्यौं । अर्थमन्त्री ज्यूले भन्सारका दररेटहरु र करका दररेटहरु परिवर्तन गर्न अघिल्लो दिन राति एक जना पूर्व सुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दररेटहरु खारेज गरेर अर्थमन्त्री ज्यूले नियमित कमिसन खाने योजना बनाउनु भयो भन्ने कुरा सुन्यौं ।’

सांसद बस्नेतले नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताएका छन् । सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिएर एक मुष्ट करोडौं रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गरे ।

उनले भने, ‘सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एकमुष्ट करोडौ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैंया नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहे छन् भन्ने कुरा देखिरहेका छौं । यो विषय छानविन हुनुपर्छ ।’

सांसद महेश बस्नेतले रासायनिक मल मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । मल अभावसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’ ६० प्रतिशत किसान भएको मुलुक नेपाल भएको उल्लेख गर्दै उनले थपे, ‘कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेका छौं । तर, किसानले मल पाइरहेका छैनन् ।’ फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन सकिरहेका छैनौं रु भन्ने प्रश्नको जवाफ खोज्न सरकारलाई उनको सुझाव छ ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९