काठमाडौँ, ११ वैशाख । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकास सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मुलुकको विकासमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
“विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ, यसमा इन्जिनीयरको महत्वपूर्ण भूमिका रहन्छ,”– उहाँले भन्नुभयो । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । उर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पुरा गर्दा थुप्रै इन्जिनीयरले रोजगार पाउने उल्लेख गर्नुभयो ।
बुढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सकेपनि १७ हजार बढीले रोजगारी पाउने उहाँको भनाई थियो । उहाँले मुलुकको विकासका लागि इन्जिनीयरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताउनुभयो । इन्जिनीयर विना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाई थियो । उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेकोे बताउनुभयो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९