स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाउन गृहमन्त्रीको निर्देशन

स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाउन गृहमन्त्रीको निर्देशन

हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर आधारभूत सामाग्रीहरु राख्नुपर्ने


स्थानीय तहसम्म आपतकालीन गोदामघर बनाउन गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । 
 गृहमन्त्रीसँग विपद् सम्बाद शुभारम्भ कार्यक्रममा बोेल्दै मन्त्री लेखकले विपद्सित सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको जोडदिएका हुन् । “काठमाण्डौमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो ।” गृहमन्त्री लेखकले भने “ तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो ।”
उनले हरेक स्थानीय तहमा आपतकालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरु राख्नुपर्ने बताए ।
“ प्रत्येक पालिकमा गोदामघर बनाऔं, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नी त्यो कार्यालयको एउटा कोठालाई गोदामघर बनेर तोकिदिए हुन्छ ।” मन्त्री लेखकले भने “ त्यसमा आधारभूत सामाग्री राखौं । ती गोदामघरलाई संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौं । तर आधार स्थानीयलाई बनाऔं । हामी सबै त्यसमा जट्नुपर्छ ।”
उहाँले चार वटा प्रदेशमा आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिदै काठमाण्डौं बाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
“ प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्वल झिक्न पनि काठमाण्डौंमा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो ।” उनले भने“ अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गरिँने काम भएको छ ।”
विपद् व्यवस्थापनको विषयमा सञ्चार जगतको ठूलो भूमिका रहने उनको भनाई थियो । “ विपद्काको विषय सम्बोधन हुनुका लागि पूर्वसूचना समयमा हुनुप¥यो ।” उनले भने –“ विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुर्ननिर्माण र पुर्नस्थापन महत्वपूर्ण विषय हुन ।”
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संगठित भएर हुनुपर्नेमा जोड दिए ।
“तपाईहरुले सिकेका ज्ञान, सिप अनुभवले यो क्षेत्रलाई व्यवस्थीत गर्न, नागरिकलाई यो जोखिमबाट जोगाउने काम गर्न सक्छौं ।” लेखकले भने “ त्यसका लागि संगठित रुपले अगाडी बढ्न सके परिणाम दिनेछ । जोखिम न्युनीकरण गर्न काम गर्न सकिन्छ ।


प्रकाशित मिति: सोमबार, १५ बैशाख, २०८२, ०८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९