वामपन्थी एकताको लागि 'कम्युनिष्ट आन्दोलन: संकट र अबको बाटो’ विषयक बहस कार्यक्रम हुँदै, प्रमुख व्यक्ता घनश्याम भूसाल

वामपन्थी एकताको लागि 'कम्युनिष्ट आन्दोलन: संकट र अबको बाटो’ विषयक बहस कार्यक्रम हुँदै, प्रमुख व्यक्ता घनश्याम भूसाल


वामपन्थी एकताको लागि 'कम्युनिष्ट आन्दोलन: संकट र अबको बाटो’ विषयक बहस कार्यक्रम हुँदै, प्रमुख व्यक्ता घनश्याम भूसाल

काठमाडौंमा असार १ गते 'कम्युनिष्ट आन्दोलन: संकट र अबको बाटो’ विषयक बहस कार्यक्रम हुने भएको छ । युवा वाम-बहस समूहले वामपन्थी एकताको लागि बहस कार्यक्रम गर्ने भएको हो।

सभागृहमा हुने कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाल, एमाले केन्द्रीय सदस्य नेता टंक कार्की र बिश्लेषक मीना पौडेल वक्ता रहनेछन्। कार्यक्रममा जनवादी गायक जीवन शर्मा लगायतको प्रस्तुति पनि हुने आयोजकले जनाएको छ ।

नेपालमा वामपन्थी विचार राख्ने दलहरू एक ठाउँमा हुन जरूरी रहेको ठानेर आफूहरूले बहस सुरू गर्न लागिएको युवा वाम बहस समूहका संयोजक सुनिल पौडेलले बताए। कार्यक्रमको उद्येश्य कम्युनिष्टहरु एक हुँदा र अलग-अलग हुँदाको परिणाम निर्वाचनमा देखिएको बताउँदै युवा वाम बहस समूहका संयोजक सुनिल पौडेलले उस्तै सिद्धान्त बोकेर अलग अलग बस्दा राजनीतिक शक्ति र एउटै हुँदाको राजनीतिक शक्तिले स्थापित गर्नुपर्ने मुद्दा र समाजमा पार्ने राजनीतिक प्रभाव फरक हुने बताए ।

‘राष्ट्रियता, जनजीविका र आर्थिक-सामाजिक मुद्दाहरुमा कम्युनिष्टहरुको जितले स्पष्ट रुपमा समाजलाई डोर्‍याउने कुराको नेतृत्वदायी भूमिका खेल्छ । त्यो कुरा अरु पार्टीमा हुँदैन त्यसैले कम्युनिष्टहरु फुट्दा यी मुद्दाहरु कमजोर हुने भएकाले कम्युनिष्टहरुबीच एकता हुनु आवश्यक भएकाले यो बहस शुरु गरेका हौं।’  संयोजक पौडेलले भने। पौडेलका अनुसार वाम-युवा बहस देशव्यापी बनाउने तयारी छ ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १७:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९