कैलाली जिससमा सत्तारुढ गठबन्धन निर्वाचित

कैलाली जिससमा सत्तारुढ गठबन्धन निर्वाचित


कैलाली जिससमा सत्तारुढ गठबन्धन निर्वाचित

धनगढी, ।  जिल्ला समन्वय समिति (जिसस)कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

जिससको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचित भएका हुन् । कलेल र भुसालले १३÷१३ मत पाएका थिए ।

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा नागरिक उन्मुक्ति र एमाले गठबन्धन गरेका थिए ।

उनीहरु दुई दलको १२ मत थियो । यस्तै सत्तारुढ गठबन्धनको पनि समान १२ मत थियो । तर निर्णायक मानिएका धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले सत्तारुढ गठबन्धनलाई मत दिएकाले कलेल र भुसाल विजयी भएका हुन् ।

भ्रष्टाचारको मुद्धाका कारण मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाएनन् ।

सदस्यहरुमा पनि गठवन्धनकै छ जना निर्वाचित भएका छन् । एक सदस्यमा भने गोला प्रथाबाट नागरिक उन्मुक्तीका उम्मेदवार निर्वाचित भएका छन् ।

सदस्य विजयी हुनेमा नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी १५, लोकेन्द्रबहादुर ताडी १४, र बिर्खबहादुर बुढा १४ मत पाएर विजयी भए ।

समाजवादीका बुढा काँग्रेसको चुनाव चिन्हबाट विजयी भएका हुन । उनी वडामा पनि रुखबाटै निर्वाचित भएका थिए ।

यस्तै सदस्यमै माओवादीबाट दिलु कामी १४ र भावना चौधरी १३ मत पाएर विजयी भए । कांग्रेसबाट तेजबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भए ।

चन्द र भूल दुवै जना गोलाप्रथाबाट विजयी भएका हुन ।

खुल्लातर्फ एमालेका मानबहादुर साउद र चन्दको समान १२ मत आएको थियो । यस्तै नागरिक उन्मुक्ति पार्टीकी भुल र माओवादीकी पार्वती विकको समान १२ मत आए पनि गोलाप्रथामा सरिता विजयी भएकी हुन् ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १८:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९