अखिलका यी नेतालाई कारवाही र विदाई

अखिलका यी नेतालाई कारवाही र विदाई


अखिलका यी नेतालाई कारवाही र विदाई


काठमाडौँ, ।  अनेरास्ववियुले नेपाल बाहिर रहेका केन्द्रीय कमिटीका सदस्य र निर्वाचनमा पार्टी निर्णय विरुद्ध जानेलाई कारवाही गरेको छ ।

अनेरास्ववियुका महासचिव समिक बडालले सर्कुलर जारी गर्दै मुलुक बाहिर रहेका चार जना केन्द्रीय कमिटीमा रहेकालाई संगठनबाट विदाई गर्ने बताए ।

उनका अनुसार सचिव टीकाजंग थापा, सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, केन्द्रीय सदस्य अबानी पौडेल र हेमन्त तामाङलाई केन्द्रीय कमिटीबाट विदा गर्ने भएको छ ।

यस्तै अखिलले स्थानीय तहको निर्वाचनमा वागी उम्मेदवार बनेका केन्द्रीय सचिव कनिष पट्टेल, सुदूरपश्चिम प्रदेश संयोजक नेत्र मैनाली र सिटीइभिटी राष्ट्रिय कमिटीका संयोजक यज्ञ भट्टलाई संगठनको साधारण सदस्य नरहने गरी कारवाही गरेको उनले बताए ।

यस्तै अखिलले सचिवालय सदस्य राजु कार्की र केन्द्रीय सदस्य प्रकाश पौडेललाई स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेको आरोपमा निलम्बन गरेको सर्कुलरमा जनाइएको छ ।

 

 


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९