जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्र निर्विरोध

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्र निर्विरोध


जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्र निर्विरोध

गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन् । एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए ।

 

समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित हुनुभएको छ । उनि सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएका थिए । प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । समन्वय समितिको सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी निर्विरोध चयन हुनुभएको छ । समन्वय समितिमा कूल २२ मतदाता थिए ।

जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।


प्रकाशित मिति: सोमबार, ३० जेठ, २०७९, १९:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९