राष्ट्रको सुरक्षा स्वार्थको विषय हो, संसद्ले यसबारेमा कदम चाल्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

राष्ट्रको सुरक्षा स्वार्थको विषय हो, संसद्ले यसबारेमा कदम चाल्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे


 राष्ट्रको सुरक्षा स्वार्थको विषय हो, संसद्ले यसबारेमा कदम चाल्नुपर्छः पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नैतिकताको हिसाबले पनि अब अर्थमन्त्री जनार्दन शर्माले पदमा बस्न नमिल्ने बताएका छन् । करको दर हेरफेरका विषयमा सार्वजनिक भएका विवरणले अर्थमन्त्रीलाई पदमा बस्न नमिल्ने उनले बताए ।


प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा एमालेले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेको हो । ‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ? प्रधाानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन?,’ उनले भने, ‘करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रको सुरक्षा स्वार्थको विषय हो । संसद्ले यसबारेमा कदम चाल्नुपर्छ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।’

प्रमुख प्रतिपक्षले सोमबारको प्रतिनिधिसभा बैठकमा गम्भीर प्रश्न उठाएपछि अर्थमन्त्रीले संसद्मा जवाफ दिनुपर्नेमा त्यसो नगरेको भन्दै पाण्डेले आपत्ति जनाएका छन् । ‘यति गम्भीर विषयको गम्भीरताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्मा यसका बारेमा कुनै प्रष्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो,’ उनले थपे, ‘यसबारेमा खासगरी करका दर तलमाथि भए भन्नेबारेमा विभिन्न सांसदहरूले बजेटको छलफलमा प्रतिपक्षी र सत्तापक्षका सांसदहरूले गम्भीर चासो व्यक्त गर्नुभएको छ ।’

बजेट निर्माण प्रक्रियाबारे उनले भने, ‘अर्थ मन्त्रालयमा बजेट संसद्मा प्रस्तुत गर्नु अघिल्लो दिन अर्थ मन्त्रालयका कर्मचारी बाहेक कसैलाई प्रवेश दिइँदैन । खासगरी करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार दिइँदैन र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहन्छ ।’ तर यसपटक अर्थमन्त्री शर्माले बाहिरका मान्छेलाई अर्थमन्त्रालयमा बोलाएर करका दर चलाउन आदेश दिएको भन्ने सार्वजनिक भएको विषयलाई लिएर प्रतिपक्षले संसद्मा आवाज उठाएको हो ।


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १२:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९