खेलकुदमन्त्री अथकसहित नेपाली प्रतिनिधिमण्डल रुस पुग्यो

खेलकुदमन्त्री अथकसहित नेपाली प्रतिनिधिमण्डल रुस पुग्यो


खेलकुदमन्त्री अथकसहित नेपाली प्रतिनिधिमण्डल रुस पुग्यो

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारिक भ्रमणमा निस्किएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् ।


मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दूतावास तथा एनआरएनका प्रतिनिधिले स्वागत गरेका छन्। रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस पुगेका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए । पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासका लागि अवलम्वन गरेको निति तथा खेलकुद विश्वविद्यालय संचालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणकै दौरान मन्त्री अथकले अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिव लगाएत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।रुसको भ्रमण सकेर मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९