चितवन जिसस प्रमुखमा एमालेका अधिकारी गोला तानेर विजयी

चितवन जिसस प्रमुखमा एमालेका अधिकारी गोला तानेर विजयी


चितवन जिसस प्रमुखमा एमालेका अधिकारी गोला तानेर विजयी

जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी गोला तानेर विजयी भएका छन् । उनको प्रतिष्पर्धी नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट थिए ।

गोला प्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोला प्रथा भएको थियो । जिसस गठनका लागि पालिका प्रमुख र उपप्रमुखले मतदान गर्छन् ।

सात पालिका रहेको चितवनमा एमाले एक्लैले सात प्रमुख र उपप्रमुख र सत्तारूढ गठबन्धनका दलहरूले पनि प्रमुखरउपप्रमुख गरी सात पदमा जित हात पारेको थियो । जिसस गठनमा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेलको योजना पनि थियो । फलस्वरूप एमालेले जिसस उपप्रमुखमा उम्मेदवारी नै दिएनन ।

जसका कारण समाजवादीले जिसस उपप्रमुख उम्मेदवार बनाएकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् । यस्तै एक जना महिला सदस्यमा पनि एमालेले उममेदवारी दिएन । सदस्यमा उठेकी समाजवादीकी उम्मेदवार पूजा गुरुङले एमालेको समेत गरी १४ मत ल्याइन् । तर समाजवादीका मतदाताले गठबन्धन बाहिर गएर एमालेका कुनै पनि उम्मेदवारलाई मतदान गरेनन् ।


प्रकाशित मिति: मंगलबार, ३१ जेठ, २०७९, १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९