अनेरास्ववियूले भन्यो, – ‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर नगर’

अनेरास्ववियूले भन्यो, – ‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर नगर’


अनेरास्ववियूले  भन्यो, – ‘स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर नगर’

काठमाडौँ, । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को मस्यौदामा हस्ताक्षर नगर्न सरकारसँग माग गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले अज विज्ञप्ति जारी गर्दै  उक्त सम्झौता नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति लगायतको विपक्षमा रहेको जनाएका छन् । 

भर्खरै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका अधिकारीले नेपाल सामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र निति, पंचशीलको सिद्धान्त लगायत नेपालको परराष्ट्र नीतिको विरुद्धमा रहेकोले रणनीतिक हिसावले यो हाम्रो मुलुकको लागि घातक हुने उनले जनाएका छन् ।

अध्यक्ष पराजुलीले अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोज्ने वैदेशिक हस्तक्षेपको  निन्दा र भर्त्सना गरेका छन् । 

उक्त सम्झौताले नेपालको स्वतन्त्र परराष्ट्र नीति उल्लंघन गर्नुका साथै नेपालको अस्तित्वमाथि नै धावा बोल्ने उनको भनाई रहेको छ । तर सरकारले सम्झौतामा हस्ताक्षर गरेको खण्डमा आफूहरूले कडा आन्दोलन गर्ने उनले चेतावनी दिएको छन्।

उनले भनेका छन्  ‘यदि यो अनुरोधलाई वेवास्था गरी एमसीसी र आइपीएसको कम्पोनेन्ट एसपीपी सम्झौता लागू गर्दै नेपाललाई विदेशीहरूको युद्ध मैदान बनाइन्छ भने अनेरास्ववियू यसका विरुद्ध कडा भन्दा कडा आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९