प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद थममाया थापाले दुधे बालक काख च्यापेर अनसनरत निहारिका राजपुतको मुद्दाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार समक्ष माग गरेकी छिन् ।
प्रतिनिधिसभाको आज बुधबारको बैठकमा बोल्दै सांसद थापाले एउटी आमाले दूध चुसाउँदै आमरण अनसन बस्नुपर्ने अवस्था आउनु नै लज्जास्पद भएको बताइन् । ‘राजधानी काठमाडौंको सडकमा एउटा नेपाली चेली काखमा दुधे बालक बोकेर न्यायको माग गर्दै आमरण अनसनमा छिन् । दुधे बालकलाई दूध चुसाउँदै आमरण अनसन बस्नुपर्ने कुरा लज्जास्पद हो ।’
उनले थपिन्, ‘राज्यका हरेकजसो निकायमा पुगेर पनि उनले न्याय पाउन सकेकी छैनन् । उनलाई अदालतले समेत न्याय दिन सकेको छैन । अहिले पाँच बुँदे माग राखेर उनी अनसनरत छिन् । उनको माग सम्बोधन गरियोस् ।’ उनले दिनानु दिन महिला हिंसाको दर बढिरहेको भन्दै नेपाली चेलीहरूमाथिको हिंसा न्यूनीकरण गर्न सरकार पूर्णरूपमा असफल भएको बताइन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९