जनताले विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौं : घनश्याम भूसाल

जनताले विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौं : घनश्याम भूसाल


 जनताले  विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौं : घनश्याम भूसाल

नेकपा एमालेका नेता घनश्याम भूसालले मुलुकले डरलाग्दो संकट भोग्नु पर्ने अवस्था प्रमुख राजनीतिक दलका नेताहरुकै कारण आएको बताएका छन् । नेकपा विभाजन र संसद विघटनबाट अस्थिरता सुरु भएको भूसालको दावी छ । 

आज बुधबार काठमाडौमा आयोजित ‘कम्युनिस्ट आन्दोलनः संकट र अबको बाटो’ विषयक अन्तरक्रियामा कम्युनिस्ट आन्दोलन र नेपालमै संकट आउनु ‘हाम्रै कारण’ भएको बताए । उनले नेकपा विभाजन र संसद विघटन गर्नु गम्भीर गल्ती भएको भन्दै जनताले दिएको विश्वासमाथि विश्वासघात हुँदा विदेशी हस्तक्षेप बढ्दै गएको बताए । हाल अमेरिकाबाट स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीको प्रस्ताव आउनु पनि त्यसैको परिणाम भएको भूसालको भनाइ छ । 


‘तमाम कारण भन्न सकिन्छ । तर मूलत हामीले भन्नुपर्दा हाम्रो कारणले हो । जनताले त्यो विश्वासका साथ हामीलाई दिएको जनमत कदर गर्न सकेनौ’, उनको भनाइ छ । नेता भुसालले आफुले ‘कम्युनिस्ट एकता कि सत्यानाश’ भन्ने बुझेर नै एकताको बहस गरिरहेको भन्दै एमाले, माओवादी र नेकपा समाजवादीबीच विचारमा कुनै भिन्नता नभएको दावी गरे । ‘भिन्नता छ भने गालीगलौजमा मात्रै छ’, भूसालको भनाइ छ । उनले हिँड्ने प्रस्थानविन्दु, एउटै भएपनि अहंकारका कारण समस्या भएको बताए । 


‘अहंकार केवल अहंकार’, भूसालले भनाइ छ । उनले देशभरका युवाहरुलाई तीनवटै पार्टीका नेताहरुलाई ‘किन फुट्यौ ?’ भनेर प्रश्न सोध्न आग्रह पनि गरे । ‘देशभरका युवाले किन तिमीहरु किन फुट्यौ ? भनेर हामी सवैले सोध्यौ भने सम्भवत एक महिनाभित्र एकता गर्न सकिन्छ’, भुसालको भनाइ छ । उनले जनयुद्ध र जबजलाई मागी खाने भाँडो नबनाउन आग्रह गरे ।


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, १६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९