बजेट पास भए लगत्तै एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने

बजेट पास भए लगत्तै एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने


बजेट पास भए लगत्तै एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाउने

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ । 

  बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो । 

स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।

असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए । 

अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिए । 
 


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, २१:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९