पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग

पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग


पोखराबाट प्रधानमन्त्रीलाई राप्रपाको १९ बुँदे ज्ञापनपत्र, संघीयता खारेजीको माग

पोखरा  राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुंदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

पोखरामा विरोध प्रदर्शन सहित बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत राप्रपाले मागपत्र पठाएको हो ।

दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्था सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राप्रपाको छ ।

कृषकले मल, बिऊविजन नपाउदा समस्या परेको भन्दै तत्काल मल उपलब्ध गराउन माग गरिएको छ ।

शिक्षा र स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने राप्रपाको माग छ ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने, देशभरी भत्काइएका शालिकको संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता गम्भीर माग राप्रपाको छ ।

राप्रपाले प्रत्येक घरमा एकजनालाई रोजगारी दिनुपर्ने आवाज उठाएको छ भने कर खारेजी मागेको छ ।

सिमा क्षेत्रमा भएका अतिक्रमित भूमी फिर्ता लिन कुटनीतिक पहल गर्नका लागि दवाव समेत दिएको छ ।

राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले भने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ज्ञापन पत्र बुझाए । बुधबार सृजनाचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध ¥याली निकालिएको थियो ।


प्रकाशित मिति: बुधबार, १ असार, २०७९, २१:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९