सञ्चारकर्मी रवी लामिछानेले सञ्चारकर्म छाडेर राजनीतितर्फ लागेको घोषणा गरेका छन् । आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा चलिरहँदा लामिछानेले संचारकर्म विट मार्दै राजनीतितर्फ लम्किएको बताए ।
एक भिडियोसन्देश सार्वजनिक गर्दै लामिछानेले आफू रहरले सञ्चारकर्मी बनेको तर परिस्थितीले राजनीतिज्ञ बन्न लागेको बताए । ‘अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्याउन चाहान्छु । म रहरले सञ्चारकर्मी भएको हो तर परिस्थितीले मलाई राजनीतिज्ञ बनाउने भयो । आजबाट पूर्णकालिन राजनीतिमा आएको छु ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।
त्यसैगरी आगामी असार ७ गते काठकाडौंको राष्ट्रिय सभागृहबाट कसरी अघि बढ्ने भन्ने विषयमा कार्यक्रम गरेर जानकारी दिने समेत बताएका छन् । यसअघि न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रमबाट सञ्चार क्षेत्रमा थप उचाइ बनाएका लामिछाने हाल ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध रहेका थिए । राजनीति लाग्ने भएसँगै बिहीबार नै ग्यालेक्सी फोरके टेलिभिजनबाट बिदा भएर अब पूर्णकालिन राजनीतिमा लाग्ने समेत बताएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९