सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । गृह जिल्ला चितवनमा आज शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो कार्यक्रममा सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्तो नभएको पनि बताए । उनले एमसीसीलाई संघीय संसदले १२ बुँद व्याख्यात्मक घोषणा गरेर जारी गरे जसरी पास नगरिने पनि जिकिर गरेका छन् ।
प्रचण्डले एमसीसी र एसपीपी दुवै नेकपा एमालेका अध्यक्ष केपी ओलीको करामत भन्दै दोष थोपरिदिए । ‘एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले ल्याएको हो’, उनले भने, ‘ओली सरकारको समयमा यी आएका हुन्, दुवैमा ओलीको करामतले सम्या भएको हो ।’
‘एमसीसी १२ बुँदा घोषणासहित पास गर्यौं । तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन’, उनले भने, ‘यो खारेज हुन्छ ।’ उनले अहिलेको सत्ता गठबन्धन फेरबदल नहुने पनि बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९