बुटवलमा 'नेपाली कम्युनिष्ट आन्दोलन : एकता र अबको बाटो' विषयमा बहस हुने

बुटवलमा 'नेपाली कम्युनिष्ट आन्दोलन : एकता र अबको बाटो' विषयमा बहस हुने


बुटवलमा 'नेपाली कम्युनिष्ट आन्दोलन : एकता र अबको बाटो' विषयमा बहस हुने

३ असार, बुटवल । बुटवलमा 'नेपाली कम्युनिष्ट आन्दोलन : एकता र अबको बाटो' विषयमा बहस कार्यक्रम हुने भएको छ । वाम युवा मञ्च, बुटवलले असार ४ गते शनिवार आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरी, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल र वाम अध्यता रामचन्द्र श्रेष्ठले संवोधन गर्नेछन् ।

दिउँसो १ बजे आयोजना गरिएको कार्यक्रमको सुरुमा स्थानीय तहको चुनावको मत विश्लेषण र अन्त्यमा पर्यवेक्षकले वक्ता तथा सहभागीले उठाएका विचार र विषय समेटेर कार्यक्रमको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ । 

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन र एमाले एक्लै चुनाव लड्दा सोचे बमोजिम वामपन्थीको पक्षमा परिणाम आउन नसकेको चर्चा संगै वामपन्थी पार्टीहरु एक ठाउँमा हुनुपर्ने बहसहरु चल्न थालेका छन । विशेषगरी तीन वामपन्थी दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी विच विचार, सिद्धान्त तथा संगठनात्मक ढाँचामा कुनै मत भेद नरहेको परिप्रेक्ष्यमा सामान्य कुण्ठाका कारण टाढा हुनुनहुने, तत्काल लाई सके एकता त्यो सम्भव नभए वाम मोर्चा बनाएर अगाडि बढ्नुपर्ने मत बलियो हुँदै गएको छ ।


प्रकाशित मिति: शुक्रबार, ३ असार, २०७९, १७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९