विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्छ : अजय फुयाँल

विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्छ : अजय फुयाँल


विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्छ :  अजय फुयाँल

सानिमा लाईफ इन्स्योरेन्सको आयोजनामा हेटौँडामा विमा अभिकर्ता प्रशिक्षण तथा एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न भएको छ । सानिमा लाईफ इन्स्योरेन्सको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा १ सय २० जनालाई प्रशिक्षण दिईएको शाखा प्रमुख अजय फुयाँलले बताएका हुन् ।

इन्स्योरेन्सका मुख्य प्रवन्धक गणेश चौँलागाईले अभिकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । उनले सानिमाले सञ्चालन गरेका विमाका प्रकारको विषयमा जानकारी गराएका थिए ।

सानिमाले सुरु गरेको बाल सौगात विमा गर्दा ६५ प्रतिशत ग्यारेन्टी वोनस पाउने विषयमा चौँलागाईले जानकारी गराएका थिए । चौँलागाईले विमाको विकास, विस्तार, विमितहरुको सुरक्षा र सुविधको विषयमा जानकारी गराएका थिए ।

विमाले मानिसको जीवनमा धेरै सहजिकरण गर्ने भन्दै हेटौँडा शाखा प्रमुख फुँयाले सानिमामा विमा गरि भविष्यलाई सुरक्षित पार्नको लागि अनुरोध गरेका छन् ।


प्रकाशित मिति: शनिबार, ४ असार, २०७९, २१:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९