नेपाल भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

नेपाल भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न


नेपाल भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको निमन्त्रणामा काठमाडौं आउनुभएका मन्त्री खट्टरको भ्रमणले नेपाल(भारतबीचको ऊर्जा सहकार्यलाई नयाँ गति दिएको छ।
नेपालमा उत्पादित विद्युत निकासीकालागि भारतसँग अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि द्विपक्षीय समझदारीले नेपाललाई समृद्धिको यात्रामा डोर्याउन मार्ग प्रशस्त गरेको छ । प्रशारण लाइनको अभावमा नेपालमा उत्पादित विद्युत खेर जान सक्ने चिन्ताकाबीच भारतसँग ४०० केभी क्षमताका अन्तर्देशीय ३१० किलोमिटर प्रशारणलाइन निर्माणकालागि सम्झौता हुनु ऐतिहासिक कदम भएको ऊर्जाविद्हरुको भनाई छ । अब बन्ने इनरुवा न्यु पूर्णिया प्रसारण लाइनमा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी रहनेछ भने दोदोधारा–बरेली प्रसारण लाइन नेपालतर्फ करिब ३५ र भारततर्फ १५० किलोमिटर रहने छ । यी प्रसारण संरचनाले भारत–नेपाल विद्युत् कारोबारलाई सहज बनाउँदै ऊर्जा प्रवाहलाई भरपर्दो बनाउनेछ।
दुई देशबीच भएको सम्झौतामा नेपालको पूर्वी क्षेत्रमा उत्पादित विद्युत इनरुवा न्यु पूर्णिया अन्तरदेशीय प्रशारणलाइनबाट भारतसहित तेस्रो मुलुक बङलादेशसम्म बिक्री गर्ने बाटो खुल्नेछ । त्यस्तै नेपालको दोदोधारा र भारतको बरेली प्रसारण लाइन निर्माणपछि नेपालको पश्चिम क्षेत्रमा उत्पादित बिजुली भारतलगायत तेस्रो मुलुकमा बिक्री गर्न सहज हुनेछ ।
 समझदारी पत्र हस्ताक्षर समारोहमा सम्बोधन गर्नुहुँदै ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले इनरुवा(न्यु पूर्णिया र दोदोधारा–बरेली प्रसारण लाइन केवल संरचना मात्र नभएर दुई देशबीचको आपसी विश्वास र दीगो विकासतर्फको साझा यात्रा पनि रहेको बताउनु भयो । उहाँले भन्नुभयो, हामीले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं। भारतका समकक्षी मन्त्री खट्टरजीको भ्रमणले यो लक्ष्य प्राप्तिका लागि आवश्यक संरचना र सहकार्यमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ। सो समारोहमा बोल्नुहुँदै भारतीय मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रमा भएको प्रगति भारतकालागि समेत महत्वपूर्ण हुने भन्दै अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि सम्झौता हुनु खुशीको कुरा भएको बताउनुभयो । मन्त्री खट्टरले गोरखपुर बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाहरूले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले नेपालमा उत्पादित विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको पनि बताउनुभयो ।
भ्रमणका क्रममा मन्त्री खट्टरले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग संयुक्त रूपमा संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो। दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्र निरीक्षण गर्दै निर्माण कम्पनीका प्रतिनिधिसँग प्रगतिको जानकारी लिएका थिए। सो अवसरमा युनिट–२ को संयुक्त उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षारोपण पनि गर्नु भएको थियो ।
भ्रमणका क्रममा मन्त्री खट्टरले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरमा विशेष पूजा अर्चना गर्नुभएको थियो । मुक्तिनाथ यात्रा क्रममा उहाँसँग ऊर्जामन्त्री खड्का र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुहुन्थ्यो।
भ्रमणकै क्रममा मन्त्री खट्टरले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, १० बैशाख, २०८२, १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९