ओलीको गुनासो: अन्तर्राष्ट्रिय मञ्चहरू वाचा मात्र गर्छन्, काम गर्दैनन्

ओलीको गुनासो: अन्तर्राष्ट्रिय मञ्चहरू वाचा मात्र गर्छन्, काम गर्दैनन्

बहुपक्षीयता गम्भीर संकटमा परेको


ओलीको गुनासो: अन्तर्राष्ट्रिय मञ्चहरू वाचा मात्र गर्छन्, काम गर्दैनन्

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय मञ्चहरूको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीहरूले विश्वका जल्दाबल्दा समस्या समाधानका लागि वाचा मात्र गर्ने तर ठोस उपलब्धि दिन नसकेको बताएका छन्।

उनले प्रगतिविनाका वाचाहरूले बहुपक्षीय प्रणालीप्रतिको विश्वव्यापी विश्वासलाई कमजोर बनाएको जिकिर गरे।

सोमबार चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) प्लस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले एउटा कठोर सत्यको सामना गर्नुपर्छ। बहुपक्षीय मञ्चहरूले धेरै वाचा गर्छन्, तर प्रायः थोरै मात्र पूरा गर्छन्। प्रगतिविनाका वाचाहरूले विश्वासलाई कमजोर बनाउँछ।’

उनले नियममा आधारित विश्व व्यवस्थामाथि चुनौती थपिएको र शान्ति तथा न्याय विश्वका लागि दुर्लभ बन्दै गएको भन्दै बहुपक्षीयता गम्भीर संकटमा परेको बताए। ‘यो संकट बाह्य मात्र होइन, यो उपलब्धि दिन नसक्नुबाट पनि उत्पन्न भएको हो,’ उनले थपे।

प्रधानमन्त्री ओलीले बढ्दो भूराजनीतिक तनाव, आर्थिक उथलपुथल र जलवायु संकटजस्ता समस्याहरू समाधान गर्न वर्तमान विश्व व्यवस्था असफलतातर्फ उन्मुख भएको संकेत गरे।

उनले यस्तो अवस्थामा बहुपक्षीयतालाई परित्याग गर्नुको सट्टा यसलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याए। ‘हामीलाई अहिले पुनर्जीवित बहुपक्षीयताको खाँचो छ। हामीले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई थप प्रभावकारी र कुशल बनाउनुपर्छ,’ ओलीले भने।

उनले सांघाई सहयोग संगठन (एससिओ) जस्ता क्षेत्रीय संगठनहरूले पुनर्जीवित बहुपक्षीयताको भावनालाई बलियो बनाउन पूरक भूमिका खेल्न सक्ने बताए।

क्षेत्रीय सुरक्षाका चुनौतीहरूबारे बोल्दै उनले आतंकवाद, जलवायु परिवर्तन, साइबर आक्रमण र महामारीजस्ता खतराहरू कुनै एक देशको सिमानामा मात्र सीमित नरहने भन्दै साझा समाधानको लागि सहकार्य अनिवार्य रहेको बताए।

जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा हिमालहरूले विश्वव्यापी जलवायुलाई स्थिर बनाउन भूमिका खेल्छन्, तर आज ती हिउँविहीन बन्दैछन्, जसले तल्लो तटीय क्षेत्रमा बस्ने अर्बौं मानिसको जीवन जोखिममा परेको छ।’

प्रधानमन्त्री ओलीले सन् २०१६ देखि एससिओको संवाद साझेदार रहेको नेपाल अब संगठनको पूर्ण सदस्य बन्न इच्छुक रहेको पनि बैठकमा जानकारी गराए।

उनले विश्वलाई विभाजन होइन, साझेदारीको आवश्यकता रहेको बताउँदै दिगो विकासका लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र विश्वव्यापी सहकार्यमा जोड दिए।


प्रकाशित मिति: सोमबार, १६ भदौ, २०८२, २३:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९