समाजिक सञ्जाल खुलाउन १९ जनाले ज्यान गुमाए

समाजिक सञ्जाल खुलाउन १९ जनाले ज्यान गुमाए

देशलाई यसरी हेप्न पाइन्छ ?


समाजिक सञ्जाल खुलाउन १९ जनाले ज्यान गुमाए

समाजिक सञ्जाल खुलाउन १९ जनाले ज्यान गुमाए 
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनबाट १९ जनाको ज्यान गएपछि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए । 
प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

‘यो कुरा डेढ वर्षदेखि भनिरहेका थियौं । सूचीकृत गर भनेका थियौं । नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ?राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खोलिदिने  त ?’


जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततस् सरकार निर्णयबाट पछि हटेको हो ।सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।


प्रकाशित मिति: मंगलबार, २३ भदौ, २०८२, ००:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९