सुशीला कार्कीको मन्त्रीमण्डलमा तीन जनाको नाम टुंगो लाग्यो

सुशीला कार्कीको मन्त्रीमण्डलमा तीन जनाको नाम टुंगो लाग्यो

अर्थमन्त्रीमा र खनाल, ऊर्जा, भौतिक तथा शहरीमा घिसिङ र कानुन तथा गृहमन्त्रीमा अर्यालको नाम टुंगो लागेको छ ।


सुशीला कार्कीको मन्त्रीमण्डलमा तीन जनाको नाम टुंगो लाग्यो

तस्वीर सौजन्यः नागरिक 

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुंगो लगाएकी छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ । 

कार्यभार सम्हालेकै दिन प्रधानमन्त्री कार्कीले तीन मन्त्रीहरूको नाम टुंगो लगाएकी हुन् । उनीहरूको शपथ भोलि सोमबार हुने तय भएको छ । 

मन्त्रीमा टुंगो लाग्नेमा खनाल पूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।अर्यालले काठमाडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए ।

खनाल पूर्वअर्थसचिव हुन् । हालै उनको नेतृत्वको आर्थिक पुनर्संरचना आयोग बनेको थियो । खनाल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनका केही बुँदा समेटेर निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेट ल्याएका थिए ।


प्रकाशित मिति: आइतबार, २९ भदौ, २०८२, २२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९