सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पाटनरसिप प्रोग्राम (एसपीपी) को विषय फिर्ता लिनेर नलिने विषयमा गठबन्धनभित्र विस्तृत छलफल नभएको बताएका छन् ।
काठमाडौंमा आज आइतबार पत्रकारहरुसँगको अन्तरक्रियामा उनले एसपीपी फिर्ता लिने वा नलिने भन्ने विषयमा डिटेलमा छलफल भइनसकेको जानकारी दिएका हुन् । ‘एसपीपी फिर्ता लिने वा नलिने विषयमा गठबन्धनभित्र डिटेलमा छलफल भएको छैन । चिठ्ठी पठाउने भन्ने विषय पनि आएको छ । सेनाको प्रमुखले विदेशी कूटनीतिक नियोगलाई पत्र लेखेको विषय पनि छ । यसको निणर्य प्रक्रियामा को को रहेका छन् भन्ने विषयमा कस कसको मूल्यांकन गर्ने विषय पनि रहेको छ,’ अध्यक्ष नेपालले भने, ‘सैन्य गठबन्धन वा सुरक्षा घेराभित्र वा छिमेकी देशको सुरक्षा संवदेनशीलता असर पार्ने गरी नेपाल जहाँसुकै गएर पनि स्पष्टसँग भन्नु पर्दछ ।’
प्रधानमन्त्री देउवाले राष्ट्रहित विपरीत हुने गरी कुनै पनि सम्झौता आफूबाट नहुने गठबन्धनमा जानकारी गराएको उनले बताएका छन् । प्रधानमन्त्रीले यस विषयमा पटक(पटक त्यो कुरा दोहोर्याउनु भएको छ र गृहमन्त्रीले पनि संसदमा बोल्नु भएपछि त्यस विषयमा धेरै शंका गरिरहनु पर्दैन,’ नेपालले भने, ‘यसको बाबजुद यस विषयमा नेपाली जनता सजक रहनु पर्छ । जनताले ‘वाच’ गरिरहनु पर्छ । जनताको सजकता र जागरुकताले नै अरु शक्तिलाई एउटा सीमा रहन्छ ।’
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९