अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
सिंहदरबारमा आज (सोमबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले विभिन्न बस्तुहरुलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यबृद्धि समेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनले बताएका छन् । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यकरुपमा करको दायरा हेरफेर नगरिएको समेत स्पष्ट पारेका छन् । उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको बताए । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगीमैत्री बजेट आएको बताए।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९