यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय

यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय


यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका सातवटा निर्णय सार्वजनिक गरेका हुन् ।

जसको पहिलो नम्बरमा अमेरिकाको एसपीपी अघि नबढाउने, सबै सरकारी निकायहरूले कूटनीतिक पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने, सहसचिव विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय उल्लेख छ ।

यस्तै, जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरी जाँचबुझ अघि बढाउने, कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने र राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।


प्रकाशित मिति: मंगलबार, ७ असार, २०७९, १७:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९