‘एकै चोटी देशै गुम्छ भन्ने होइन, एउटा–एउटा गरी चिज गुम्दै जान्छ’

‘एकै चोटी देशै गुम्छ भन्ने होइन, एउटा–एउटा गरी चिज गुम्दै जान्छ’


‘एकै चोटी देशै गुम्छ भन्ने होइन, एउटा–एउटा  गरी चिज गुम्दै जान्छ’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विदेश नीति, कुटनीतिक सम्बन्धमा राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

पूर्व राजदूत समूहले आज यहाँ आयोजना गरेको ‘वर्तमान सन्र्दभमा नेपालको परराष्ट्र मामिला’ बिषयक  साक्षात्कार कार्यक्रममा उनले नेपाल जस्तो देशको भूराजनीतिकमा कुटनीतिक सम्बन्धका लागि दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

उनले राजनीतिक दलले परराष्ट्र मामिलामा सहमतिका साथ अगाडि नबढ्ने हो भने धेरै कुरा गुमाउने सक्ने चेतावनी  दिए ।

 “एकै चोटी देशै गुम्छ भन्ने होइन । एउटा चिज गुम्छ । अर्को चिज गुम्छ । एउटा फुत्काउँछौ अर्को फुत्काउँछौ गर्दा गर्दै हाम्रो हातबाट धेरै चिज फुत्काउँछौ । त्यस कारण हामीलाई सहमति चाहिन्छ,” उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले जब देशको आन्तरिक प्रणालीगत मतभेद हुन्छ त्यतिवेला बाह्य नीतिमा पनि मतभेद हुने गरेको हुने गरेको भन्दै दलबीच निषेध नभई प्रतिस्पर्धा, सहमित र सहकार्यको राजनीतिक हुनुपर्नेमा जोड दिए ।

उनले अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्वको सरकारसंग प्रतिपक्ष आफ्नो दलको संवाद नभएको भनाई राखे । प्रधानमन्त्री देउवा विदेशको भ्रमण गर्दा प्रतिपक्षसंग परामर्श नगरेको उनले बताए । अध्यक्ष ओलीले दुई पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग प्रधानमन्त्री देउवाको भेट हुँदा आफूहरुसंग परामर्श नगरेको बताए ।

“प्रधानमन्त्री विदेश जानु भन्दा अगाडि प्रतिपक्ष परामर्श हुन्थ्यो । सरकारको प्रतिक्षामा रहेको दलसंग परामर्श गर्नुपर्दछ । प्रतिपक्षसंग परामर्श नगर्ने संवादहिनताको स्थिति अहिलेको जस्तो कहिल्यै थिएन” उनले भने “ कुनै देशको भ्रमणमा किन र केका लागि जादैछ, त्यहा गएर के गर्छ  भन्ने कुरामा परामर्श प्रतिपक्षसंग लिने गरिन्थ्यो । तर अहिले त्यस्तो पाइएन ,  प्रधानमन्त्रीले प्रतिपक्षसंग सल्लाह नै नगरि चलाउनुहुन्छ भने मुलुक चलाउनुहोस् । ”
उनले बाहिर सम्बन्ध राष्ट्रिय हितमा केन्द्रीत गर्नुपर्ने धारणा राखे ।
 

कार्ड नखेल्ने

पार्टी अध्यक्ष ओलीले नेपालले कुनै छिमेकीसंग कार्ड खेल्न नसक्ने बताए ।

उनले छिमेकी मुलुकसंग भरपर्दो, विश्वसनिय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले छिमेकीसंग एउटा कुरा गर्ने व्यहारमा अर्को कुरा गर्ने जस्तो द्धैयध चरित्र देखाउन नहुने बताए । “कुनै पनि छिमेकीसंग भित्रि योजना एउटा बनाउने र बाहिर अर्के भन्ने त्यस्ता खालका गतिविधि हामी जोगिनु पर्दछ” उनले भने ।

उनले न्यायोचित राष्ट्रिय हितलाई संरक्षण गर्दै सोही आधारमा साना तथा ठूला देशलाई हेर्नुपर्ने भनाई राखे ।

अध्यक्ष ओलीले सार्वभौमसत्ताको सुरक्षा र संरक्षण त्यो कसरी हुन्छ भन्नेमा राष्ट्रिय हित हुनुपर्नेमा जोड दिए  ।

“हामी स्वाधिन छौ । हामी आफना आन्तरिक वा वाह््य नीति निर्णय गर्न स्वतन्त्र छौ । कसैबाट शासित हुनुपरेको छैन,” उनले भने, “हामी हाम्रो राष्ट्रिय हितको रक्षा गर्दछौ । ”

उनले छिमेकीसंगको सम्बन्धलाई धेरै नै महत्व दिनुपर्ने भन्दै छिमेकीसंगको सम्बन्ध सुमुधुर सुदृढ र पारस्परिक लाभका आधारमा हुनुपर्ने बताए ।

उनले छिमेकीसंग समस्या भए खुलस्त उच्च तहमा कुरा गरेर समाधान गरेर जानुपर्ने बताए । उनले छिमेकीसंगको सम्बन्धमा चिसोपन, अमिलोपन हुनु नहुने बताए  

“छिमेकसंग सम्बन्धमा चित्त दुखेको छ । मन दुखेको छ ।  हेपिएको महसुस भइरहेको छ भने सम्बन्ध सुमुधुर हुदैन । छिमेकीसंग समस्या छ भने उच्चस्तर सम्मान गरेर हाम्रा कुरा राख्नुपर्दछ, ” उनले भने “ छिमेकीसंग अलिकति पनि अमिलोपन, चिसोपन, भन्न वोल्न नसक्ने अवस्था छौ भने त्यहाँ  मित्रता कसरी हुन्छ  । हामीले हाम्रा छिमेकी बीचमा समस्या छन भने ति समस्या समाधान गर्नुपर्दछ । अनि वास्तविकता मित्रता हुन्छ ।”

अध्यक्ष ओलीले छिमेकीसंग भएका कुनै मनमुटावका लागि नभए आफ्ना  कुरालाई प्रकट गरेर सम्बन्ध सुमुधुर बनाउनुपर्नेमा जोड दिए ।

“छिमेकीसंग समस्या यस्ता छन् । यी कुनै ठूला कुरा होइनन् । छिमेकीसंग समस्या विशाल कुनै पनि छैन । सवै साना छन् । त्यस्ता साना कुरालाई भन्न, टेवल गर्न, छलफलमा नल्याउन र  हामी बोल्दैनौ । त्यो भन्न नसक्नु हाम्रो कमजोरी हो, ” उनले भने ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि १४६ बर्ष भोगचलन गरेको भूमि रहेको भन्दै उनले भने, “एउटा समय सन्र्दभमा कालापानीमानभारतीय सुरक्षा फौज आएर बसेपछि कालापानी, लिपुलेक र लिम्पियाधुरामा प्रवेश गर्न पाएनौ ।”

सुगौली सन्धिमा द्धिपक्षीय सवैले मानेको हुनाले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिने कुरा छिमेकीसंग सम्बन्ध नविग्रने उनको धारणा रहेका थियो ।  

नेपालको राजनीतिक खटपट नभएको भए कालापानी, लिपुलेक र लिम्पियाधुरा वा अन्य सीमा  समस्या अहिलेसम्म समाधान भइसक्ने उनको भनाई रहेको थियो ।

“मैले खुलस्त वार्ता गरेको थिए । सिमा समस्याबारेमा कुरा गर्दा मैले यो कुरा  मित्रता बढाउनका लागि हो । यो हाम्रो भौगोलिक अखण्डता, सिमाका प्रश्नमा एउटा व्यवधानको रुपमा रहेको छ । यसलाई लुकाउने कुरा होइन । देखाएर भन्ने कुरा छ । भनेर मैले भारतीय प्रधानमन्त्रीसंग भनेको थिए” अध्यक्ष ओलीले भने “मैले भनेको कुरालाई उहाँले गम्भिरताका साथ लिनु भएको थियो ।”

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय हितको प्रश्नमा सत्ता र प्रतिपक्षको अलग अलग विचार हुन नहुने बताए ।

उनले अहिले राजनीतिक दलबीच राष्ट्रिय हितका बिषयमा छलफल हुन छाडेको भन्दै राष्ट्रिय हितका बिषयमा प्रतिपक्षसंग पनि छलफल गर्नुपर्ने बताए ।

उनले भारतसंगको सीमा समस्या नलुकाई र नडराई सम्बन्ध नविग्राने गरि सरकारले छलफल गर्नुपर्ने धारणा राखे ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी) मा अमेरिकासंगको सम्बन्ध गिजोलिएको भन्दै सरकारले सुधार्नुपर्ने बताए ।

उनले संसारका कोही देशसग पनि नेपालका सत्रुता नभएको भन्दै सीमा, मानवअधिकार जस्ता बिषयमा विवाद भएपनि सम्बन्ध कायम राख्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व राजदूत दिपकुमार उपाध्यायले छिमेकीसंगको चुरो समस्या के हो भनेर समस्या गर्न नसकेको बताए  ।

यस्तै पूर्वराजदूत योगेन्द्र ढकालले चीन, भारत र अमेरिकासंग लडाईबाट जित्न नसक्ने भन्दै कुटनीतिक तबरबाट कुरा गरेर मात्र जित्न सकिने बताए ।

पूर्वराजदूत अर्जुन कार्कीले परराष्ट्रको सुरक्षा नीति नै नभएको बताउनुभयो । उहाँले कुनै पनि छिमेकीसंग सम्झौता गर्नका लागि विज्ञ समूह जानुपर्नेमा जोड दिए  ।

पूर्वराजदूत टंक कार्कीले परराष्ट्रका सिद्धान्त र नीतिलाई व्यवहारिक रुपमा कार्यन्वयन गर्नुपर्ने बताए ।

 


प्रकाशित मिति: मंगलबार, ७ असार, २०७९, १९:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९