फेरि देखियो काठमाडौँमा दुई जनामा हैजा

फेरि देखियो काठमाडौँमा दुई जनामा हैजा


 फेरि देखियो काठमाडौँमा दुई जनामा हैजा

काठमाडौँ, ।  काठमाडौँमा फेरि दुई जनामा हैजा देखिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बसन्त अधिकारीले भोटेवहादुर र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको बताए । 

योसंगै अहिलेसम्म चार जनामा हैजा भएको पुष्टि भएको छ । अहिले ति चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि वागबजारका १८ र २३ बर्षका युवतीमा हैजा देखिएको थियो । 

उनका अनुसार फोहोर र प्रदुषित पानीको कारणले हैजा देखिएको हुनसक्ने छ । 

जिल्ला स्वास्थ्य कार्यालये  कार्यालय महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयालको संयोजकत्वमा पाँच सदस्यीय जाँचप्रताल समिति गठन गरेको छ ।

समितिले हैजा फैलिएको ठाउँमा गएर हैजा लाग्नुको कारणबारे अध्ययन गर्ने छ । 

 


प्रकाशित मिति: बुधबार, ८ असार, २०७९, १५:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९