स्वास्थ्य विमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पताल

स्वास्थ्य विमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पताल


स्वास्थ्य विमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पताल

काठमाडौँ ।  ठूला–ठूला अस्पतालहरुले स्वास्थ्य विमा कार्यक्रम संचालन नगर्ने भएका छन । 

स्वास्थ्य विमा बोर्डले उपचार वापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य विमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, विएण्डसी मेडिकल कलेज विर्तामोड, नोवेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य विमा कार्यक्रम वापतको रकम उपलब्ध बन्द गर्ने जनाएका छन् । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत विमितको उपचार सेवा गरेवापतको रकम उपलब्ध नगराएकोले कार्यक्रम संचालन नगर्ने बताए । 

उहाँले सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत बीएण्डसीलाई ४५ करोडभन्दा बढी रकम दिन बाकी रहेको बताए । 

“हामीले पटक पटक विमा बोर्डलाई विमितको उपचारको वापतका रकम माग ग¥यो” उनले भने, “तर हामीलाई रकम नदिएर अडकाउने काम भएको छ ।”

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका बीएण्डसी कलेजले दैनिक पाँच सय बिरामीको उपचार गर्ने गरेको छ । 

उनले विमा वापतको रकम भुक्तानी नगरे यही असार २० गतेदेखि सेवा बन्द गर्ने बताए । 

कार्यकारी निर्देशक प्रसाईंले विमा वापतको रकम उपलब्ध नगराएकोले कर्मचारीको तलव र मेडिकल कलेज संचालन गर्न समस्या परेको बताए  । 

यस्तै त्रिवि शिक्षण अस्पतालका  कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले  सूचना जारी गर्दै सरकारको स्वास्थ्य विमा बोर्डले स्वास्थ्य विमा कार्यक्रम वापतको रकम उपलब्ध नगराएकोले असार १५ गतेदेखि बन्द गर्नुपरेको बताएका छन् ।

शिक्षण अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य विमा कार्यक्रम संचालन गर्दै आइरहेको थियो । 

त्यसैगरी नोबेल मेडिकल कलेजका व्यवस्थापक सदस्य भीमबहादुर चन्दले पनि मङ्सिरदेखि विमितको उपचारमा गरेको रकम पाउन नसकेको बताए । 

उनले बोर्डबाट रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब खुवाउन समस्यामा परेको बताए  । 

उनका अनुसार बोर्डले नोवेललाई ५४ करोड ३८ लाख रुपियाँ विमितको उपचार गरेवापत दिन बाँकी रहेको छ । 

स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ऐन, नियम र कार्यविधि अनुसार अस्पताललाई विमा वापतको रकम उपलब्ध गराउँदै आएको बताए  । 

“अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानून र कार्यविधि अनुसार विमित वापतको रकम दिने हो” उनले भने, “अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौ । नियम अनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौ ।”

उनले  अस्पतालले नियम अनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताए । उनका अनुसार गत साउनयता आठ अर्ब १३ करोड रुपिया अस्पताललाई उपलब्ध गराइसकेको छ । 

यस्तै जेठ यता ६ अर्ब अस्पताललाई दिन वाँकी रहेको उनको भनाई रहेको छ । बोर्डले स्वास्थ्य विमा कार्यक्रम संचालन गर्नका लागि ४५० अस्पतालसंग सम्झौता गरेको छ । 

सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम” सुरू गरेको थियो । 

एउटा परिवारले तीन हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यले अस्पतालमा एक लाख रुपियाँ बराबरको उपचार सेवा लिन पाउने व्यवस्था रहेको छ । हाल देशभरका ७७ जिल्लामा ५७ लाख मानिस विमा कार्यक्रममा सहभागि भएका छन् । 


प्रकाशित मिति: बुधबार, ८ असार, २०७९, २१:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९