ओलीले भने,–‘पार्टीको नाम परिवर्तन गर्न सकिन्छ’

ओलीले भने,–‘पार्टीको नाम परिवर्तन गर्न सकिन्छ’


ओलीले भने,–‘पार्टीको नाम परिवर्तन गर्न सकिन्छ’

काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको उद्देश्यलाई जिवित राखेर पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका छन् । 

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको १९९७ साल असार ९ गते राणाशासन विरुद्ध छरिएको पहिला पर्चा र २००८ साल असार ३ गते गठन भएको ‘जनताको जातिय जनतान्त्रिक सयुक्त मोर्चा नेपाल’ बिषय संवाद कार्यक्रममा उहाँले समृद्ध नेपाल र सुखी नेपालको उद्देश्यलाई  जिवित राखेर पार्टीको नाम परिवर्तन गर्न सकिने बताए । 

“ म एमालेको अध्यक्ष हो  । यहि देशलाई आवश्यकता प¥यो भने उद्देश्य जिवित राखेर वा सफल बनाएर कम्युनिष्ट पार्टीको नाम परिवर्तन पनि गर्न सकिन्छ । देश ठूलो हो । देशका लागि हामीले काम गर्ने हो  । हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।” उनले भने । 

२००७ सालको क्रान्तिपछि  टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाएको भए नेपालका कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध नलाग्ने बताए ।

“२००७ सालपछि आफ्नै सहयात्री दललाई नेपाली कांग्रेस सहभागि सरकारले प्रतिवन्ध लगायो” उनले भने “यहि टंकप्रसाद आचार्य प्रधानमन्त्री भएको भए कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लाग्ने थिएन ।”

उनले प्रजापरिषद्का अध्यक्ष समेत रहनु भएका टंकप्रसाद आचार्यलाई २००७ सालपछि प्रधानमन्त्री बनाउन सकेको भए अहिलेको मुलुक अहिले जस्तो नहुने समेत बताए । 

पार्टी अध्यक्ष ओलीले २००७ सालमा प्रजातन्त्र स्थापनापछि टंकप्रसाद आचार्यलाई मुलुकको प्रधानमन्त्री नबनाउनु भूल भएको समेत बताए  । 

टंकप्रसाद आचार्यको विचार र संगठनले मात्र २००७ सालको क्रान्ति सम्पन्न भएको समेत उनको भनाई रहेको थियो । 

“टंकप्रसाद आचार्यलाई लिडरशिप दिइन्थ्यो भने पहिलो प्रधानमन्त्रीले पहिलो परिकल्पना मुलुकको कस्तो परिकल्पना गरेको थियो भन्ने बुझिन्थ्यो” उनले भने,“राजनीतिक दललाई अलिकति फराकिलो मन र कटु नहुन्थ्यो । आफ्नो अहंकार नहुन्थ्यो भने र देशप्रतिको जिम्मेवारी हुन्थ्यो भने टंकप्रसादलाई सोध्नु पर्दथ्यो ‘तपाई सरकारको नेतृत्व गरिदिनुहुन्छ’ भनेर” 

उनले २००७ सालको परिवर्तनपछि मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउँदा कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लागेको र टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि कम्युनिष्ट पार्टीमाथिको प्रतिवन्ध फुकुवा भएको बताए । 

उनले टंकप्रसाद आचार्यले छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तन प्रारम्भ विन्दु समेत भएको बताए  । 

उनले अहिलेको अवस्थामा जातिय भन्नेकुरालाई दुरुपयोग गर्न नहुने भनाई राखे  । 

उनले प्रजापरिषद्ले नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको जानकारी दिए । 

“प्रजा परिषद्का उद्देश्य अमर  छन, ति बाँचिरहन्छन” उनले भने “उद्देश्य वाँच्ने र बचाउने कुरा हो । कसो गर्दा उद्देश्य वाँच्छ । त्यसै गर्ने हो ।”

“राजा त्रिभुवन हातमा मोहनसमशेर पछि प्रधानमन्त्री कसलाई बनाउने भन्ने कुरा हातमा थिएन,” अध्यक्ष ओलीले  “नेपालका राजनीतिक शक्तिले स्पष्टताका साथ अडान लिएको भए । राजनीतिक शक्तिको सिफारिसमा प्रधानमन्त्री नियुक्त हुन्थ्यो ।”

उनले मोहनशमशेर हट्दा गोलमेच सम्मेलन गरेर टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बन्न ‘अफर’ गर्नुपर्ने भनाई राखे । 

टंकप्रसाद आचार्यले राणाशासनको विरोधमा १९९७ साल असार ९ गते भोटो देखाउने जात्राका दिन पर्चा छर्नु भएको थियो । 

यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा. महेश्वर शर्मालाई जनताको जातिय जनतान्त्रिक सयुक्त मोर्चा नेपाल गठनमा पु¥याएको योगदान स्वरुप सम्मान गरिएको थियो । 
टंकप्रसाद आचार्यले पर्चा छरेको दिनको सम्झनामा आज पर्चा दिवस मनाइने गरिन्छ । 

प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको धारणा राखे । 

संवाद कार्यक्रमको सहजिकरण पत्रकार टीकाराम यात्रीले गरेका थिए । टंकप्रसाद आचार्य मोर्चाको अध्यक्ष भएपछि कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई मोर्चाका माध्यमबाट काम गर्न सहज भएको थियो । त्यतिवेला विभिन्न समयमा चारवटा पर्चा छरिएको थियो । 

 


प्रकाशित मिति: बिहिबार, ९ असार, २०७९, २२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९