आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका (बजेट) ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकार अर्थात् स्थानीय तहहरुले बजेट ल्याउँदैछन् ।
केही पालिकाहरुले भने असार १० गते अगावै बजेट ल्याइसकेका छन् । यस्तै केहीले भने शुक्रबार १० बजेसम्मका घोषणा गरिसकेका छन् । हालसम्म प्राप्त रिपोर्ट अनुसार ५ वटा प्रदेशबाट कुल १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सम्बन्धित पालिकासभा मार्फत ल्याइसकेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म बागमती प्रदेशबाट ३ वटा पालिकाले बजेट ल्याइसकेका छन् भने प्रदेश नम्बर १ बाट एउटा, मधेश प्रदेशबाट २ वटा, गण्डकी प्रदेशबाट २ वटा र सुदूरपश्चिम प्रदेशबाट २ वटा गरी कुल १० वटा स्थानीय तहले बजेट ल्याएका हुन् ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशले भने हालसम्म एउटा स्थानीय तहले पनि बजेट ल्याएका छैनन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९