माधव नेपाललाई पार्टी विभाजन नगर्न गरेको अनुनय-विनय स्मरण भइरहेको छ : योगेश भट्टराई

माधव नेपाललाई पार्टी विभाजन नगर्न गरेको अनुनय-विनय स्मरण भइरहेको छ : योगेश भट्टराई


माधव नेपाललाई पार्टी विभाजन नगर्न गरेको अनुनय-विनय स्मरण भइरहेको छ : योगेश भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् ।

एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षणपत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जानेछ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ’, भट्टराईले फेसबुकमा लेखेका छन् ।

भट्टराईले पार्टी विभाजनको समयमा चिनेको खेलाडीहरु माधवकुमार नेपाल र झलनाथ खनालले चिन्दै जाने बताएका छन् । ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानु हुनेछ’ सचिव भट्टराईले फेसबुकमा लेख्दै प्रश्न गरेका छन्, ‘आत्माबोध र पश्चातप : सिर्फ कहिले ?’ एमालेभित्र विवाद हुँदा नेपाललाई साथ दिँदै आएका भट्टराईसहितका नेताहरु १० बुँदे सहमति गरेर विभाजनबाट सहभागी भएका थिएनन् ।


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९