४८ घण्टाभित्र राजीनामा दिन्छु तर, छापामार शैलीमा फिर्ताको निर्णय भयोः पर्यटनमन्त्री आले

४८ घण्टाभित्र राजीनामा दिन्छु तर, छापामार शैलीमा फिर्ताको निर्णय भयोः पर्यटनमन्त्री आले


४८ घण्टाभित्र राजीनामा दिन्छु तर, छापामार शैलीमा फिर्ताको निर्णय भयोः पर्यटनमन्त्री आले

पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । आज ९शुक्रबार० बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले यस्तो बताएका हुन् ।

पार्टीले ६ महिनाका लागि आफूहरुलाई सरकारमा पठाएको र थप २ महिनामा काम गर्ने अवसर पाएको मन्त्री आलेले बताएको एक पोलिटब्यूरो सदस्यले जानकारी दिए । मन्त्री आलेलाई उद्धृत गर्दै उनले भने, ‘मन्त्रीहरु फिर्ता गर्न छापामार शैलीमा निणर्य भयो ।’ आलेले पार्टीको पछिल्लो निणर्यले आफूहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै भने, ‘त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निणर्यलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु ।’

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निणर्य कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, १० असार, २०७९, १७:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९