काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)बाट सहभागी पाँच जना मन्त्रीले राजीनामा दिएपछि सोही पार्टीबाट नयाँ मन्त्री बनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा एकीकृत समाजवादीका पाँच जनालाई मन्त्री बनाउँदै मन्त्रिमण्डल पुर्नगठन गरेकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम तथा रोजगारमन्त्रीमा शेरवहादुर कुँबर र स्वास्थ्यराज्यमन्त्रीमा हिराचन्द्र केसी बनेका छन् ।
यसअघि स्वास्थ्यराज्यमन्त्री बनेका खापुङयसपटक फुल मन्त्री बनेका छन् ।
यसअघि समाजवादी सरकारमा सहभागी चार जनाले आज मन्त्रीपदबाट राजीनामा दिएका थिए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९