नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी को हुन्

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी को हुन्


नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी को हुन्

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी नियुक्त भएका छन् । दाङ क्षेत्र नं. ३ बाट निर्वाचित केसी नेकपा (एकीकृत समाजवादी)बाट राज्यमन्त्री भएका हुन् ।

यसअघिका स्वास्थ्यराज्यमन्त्रीमा भवानी खापुङ रहेका थिए । खापुङलाई फुल मन्त्री बनाइएको छ । नयननियुक्त मन्त्रीको अहिले ११ बजे सपथ कार्यक्रम रहेको छ । 

बुवा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको कोखवाट २०३२ सालमा जेठो छोराको रुपमा उनको जन्म भएको हो । बाबा रामबहादुर सल्यान जिल्ला थारमारे गाउँ पञ्चायतको तीन पटक प्रधानपञ्च भएकाले उनी पनि सानैदेखि राजनीतिमा सक्रिय भए ।

सल्यानमा जन्मेर २०४८ सालेखि राजनीतिमा प्रवेश गरेका केसी अहिले भने दाङको लुल्सीपुर उपमहानगरपालिका ५ मा बस्छन् ।  केसी २०४८ सालमा अनेरास्ववियुमा जोडिदै २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए  । 

२०५२ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत दाङ घोराई वहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित हुँदै केसी २०५३ सालमा युवा सघं दाङको सहसंयोजकको जिम्मेवारी लिएका थिए ।

तत्कालीन राप्ती अञ्चल युवा सघं ईन्चार्ज,मध्य पश्चिम युवा सघं प्रमुख, युवा सघं केन्द्रीय सचिवालय सदस्य ,युवासघं केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुँदै तत्कालीन नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य समेतको भुमिका सफलताका साथ निभाएका थिए ।

दाङ जिल्ला सचिवालय सदस्य,क्षेत्रिय कमिटी ईन्चार्ज,आर्थिक विभाग प्रमुख, २०६९ सालमा सगंठन विभाग प्रमुख हुँदै दाङ जिल्ला कमिटी सचिव बनेका मध्यम परिवारमा जन्मेका केसी राजनीतिमा चतुर खेलाडीका रुपमा मानिन्छन् । 

सानै देखि खरो स्वभावका धनी उनी नेकपा विभाजन भएपछि नेकपा एमालेमै रहेका थिए । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले   दुई दुईपटक संसद विघटन गरेपछि माधकुमार नेपालको पार्टी एकीकृत समाजवादीमा लागे।

उनी अहिले  एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन ।  केसी आन्दोलन र राजनीति यात्राको क्रममा पटकपटक प्रहरी हिरासतमा समेत परेका थिए । 


प्रकाशित मिति: सोमबार, १३ असार, २०७९, ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९