योगेश भट्टराईका माधवकुमार नेपालसंगका ११ सम्बन्ध, कति सुमुधुर र कति तिक्तता

योगेश भट्टराईका माधवकुमार नेपालसंगका ११ सम्बन्ध, कति सुमुधुर र कति तिक्तता


 योगेश भट्टराईका माधवकुमार नेपालसंगका ११  सम्बन्ध, कति सुमुधुर र कति तिक्तता

काठमाडौँँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादीं)का अध्यक्ष माधवकुमार नेपाललाई दुई बर्ष बाच्न र पदमा रहिरहन शुभकामना दिएका छन् । 
काठमाडौँबाट धनगढी जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तयार पारेको स्मरणमा उनले भनेका छन् “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ।”

समाजिक संजालमा कमरेड माधव नेपाल र म भन्ने शीर्षकमा आफू र माधव नेपालबीचको सम्बन्धका बारेमा ११ वटा बुँदा लेखेका छन् । 

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।  

२. उहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।  

३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा उहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ । 

४. छैठौ महाधिवेशनमा उहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन । 

५. सातौँ महाधिवेशनबाट उहाँ पुनः पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।  

६.आठौ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौ ।  

७. नवौ महाधिवेशनमा उहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।  

८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।  

९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।  

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिब । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो ।

उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।  

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ ।

गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।  
 


प्रकाशित मिति: सोमबार, १३ असार, २०७९, ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९