एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि


एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज पनि

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ ।  बैठक सोमबारदेखि सुरु भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ। 

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम-लोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।  


प्रकाशित मिति: मंगलबार, १४ असार, २०७९, ०८:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९