एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै वाम एकतालाई जोड दिँदै आएका वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गरि नयाँ दल घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए ।
नयाँ दल घोषणा गरेर गौतमले कम्युनिष्ट एकतालाई जोड दिने बताइएको छ । तत्कालिन नेकपाको पार्टी एकता विभाजनपछि एमालेमै रहेर एकता अभियान चलाउँदै आइरहेका थिए गौतम । आज सोही अभियानलाई पार्टीको रुपमा घोषणा गरि कम्युनिष्ट एकतालाई जोड दिने पाण्डेले बताए ।
नयाँ दलमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने निर्णय भएको पाण्डेको भनाइ रहेको छ । पत्रकार सम्मेलन दिउँसो ३ बजे रिपोर्टस् क्लब नेपालमा हुनेछ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९