नयाँ पार्टी खोल्दै बामदेव गौतम भने,– निर्वाचन अघि कम्युनिष्ट एकता

नयाँ पार्टी खोल्दै बामदेव गौतम भने,– निर्वाचन अघि कम्युनिष्ट एकता


 नयाँ पार्टी खोल्दै बामदेव गौतम भने,– निर्वाचन अघि कम्युनिष्ट एकता

काठमाडौँ । नेकपा (एमाले)का पूर्व नेता बामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ को घोषणा गरेका छन  । 

यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालका कम्युनिष्ट पार्टीलाई एकताबद्ध रुपमा लैजानका लागि नयाँ पार्टीको घोषणा गरे  

उनले आगामी निर्वाचनसम्म ठूला कम्युनिष्ट पार्टीलाई एकीकृत गर्नका लागि आफूले नयाँ पार्टी गठन गरेको बताए । 

“नेपालका कम्युनिष्ट फुटेर अरुले नै फाइदा लिइरहेका छन । पछिल्लो पटक नेपााल कम्युनिष्ट पार्टी (नेकपा) फुट्यो” उनले भने, “अव मेरो नेतृत्वमा रहेका पार्टीले नेपालका कम्युनिष्टलाई एकताबद्ध बनाउँछन ।”

उनले आफ्नो पार्टीले कम्युनिष्टलाई एकताबद्ध बनाउने र बनाउन नसके पार्टीलाई संचालन गर्ने बताए । 

“हामीले अनवरत रुपमा प्रयत्न गर्दा पनि एकता सम्भव भएन भने पार्टी एकिकरण गर्ने विषयलाई पार्टीको मुख्य कार्यभारका रुपमा स्वीकार गर्दै नेकपा एकता राष्ट्रिय अभियानले अगाडि सारेका विचारलाई जुन कम्युनिष्ट पार्टीले सम्मान गर्ने छ । त्यही पार्टीसंग एकता गर्ने छौ” उनले भने, “यही कुनै पार्टीसंग पनि एकिकरण हुन नसके नेकपा एकता राष्ट्रिय अभियानलाई छुट्टै कम्युनिष्ट पार्टीको रुपमा अगाडि बढाउने छौ ।”

उनले कम्युनिष्ट पार्टी एकता गर्नका लागि तीन महिने अभियान समेत संचालन गर्ने जानकारी दिए । 

“हाम्रो पार्टीको मुख्य कार्यभार विघटन भएको नेकपालाई फेरि पुर्नगठन गर्नुहो । यहि पुर्नगठन नभए चाँडै नै हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पूर्व नै विभाजित हुन पुगेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई कार्यगत एकतामा ल्याउन वातावरण निर्माण गर्नु अर्को उद्देश्य हो” उनले भने, “ मैले जुन आन्दोलनलाई बलिदान गरे । आज त्यही कम्युनिष्ट आन्दोलन धरासायी भएकोले पुर्नगठन गर्नु मेरो कर्तत्व हो ।”

नेपालका कम्युनिष्ट पार्टी ४६ पटक पुर्नगठन भएका र ४५ पुर्नगठन आफू नै संलग्न भएको उनको भनाई रहेको थियो । 

पार्टीको अध्यक्षमा वामदेव गौतम रहेका छन । पार्टी वहुपदीय प्रणालीमा हुने छ ।  एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक  सचिव रहने छन् । 

 पार्टीको ७५ सदस्यीय कमिटी कमिटी, १५ जना नबढ्ने गरी स्थायी कमिटी सदस्य व्यवस्था गरिएको केन्द्रीय सचिवालयका सचिव डीवि कार्कीले जानकारी दिए । 
वामदेव गौतमको संयोजत्वमा आठ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । जसमा सचिव डीबि कार्की, सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनु भएको छ । पार्टीको विभाग, आयोग र जनवर्गिय संगठन, सामुदायिक संगठन र पेशागत संगठन चाँडै नै निर्माण गर्ने सचिव कार्कीले बताए ।

 


प्रकाशित मिति: मंगलबार, १४ असार, २०७९, २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९