नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ, आजै कार्यभार सम्हाल्ने

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ, आजै कार्यभार सम्हाल्ने


नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ, आजै कार्यभार सम्हाल्ने

नवनियुक्त ३ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ गरेका छन् । केहिबेरअघि राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीनै जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काले लोकपथलाई जानकारी दिइन् । ‘केहीबेरअघि नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।’ उनले भनिन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टीबाट ३ जनालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रीमा नियुक्त गरेकी थिइन् । जसअनुसार वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इस्तियाक राई र कृषिमन्त्रीमा मृगेन्द्रसिंह यादव नियुक्त भएका छन् ।

यसअघिक ३ मन्त्रीलाई फिर्ता बोलाउँदै जसपाले तीन नयाँ अनुहारलाई जिम्मेवारी दिएको हो । यसअघि कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र वन मन्त्री रामसहायप्रसाद यादव रहेका थिए । यद्यपी सामान्य प्रशासनमन्त्री राजेन्द्र कुमार श्रेष्ठलाई भने जसपाले यथावतमा राखेको छ ।

यसअघि एकीकृत समाजवादीले पनि आफ्ना ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीमा पठाएको थियो । नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ ।


प्रकाशित मिति: सोमबार, २० असार, २०७९, १८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९