माओवादीको पदाधिकारी चयन सहमतिमै हुने

माओवादीको पदाधिकारी चयन सहमतिमै हुने


माओवादीको पदाधिकारी चयन सहमतिमै हुने

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् ।

पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समिति लगायतका पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनुपर्ने धारणा राखेका थिए ।

बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनु पर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिएका छन् । पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए । आकांक्षी धेरै भएपछि चुनावमा जानुपर्ने माग उठे पनि चुनाव नगर्ने सहमति जुटेको हो । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले निर्वाचन नगरी सहमतीय आधारमा नाम चयन गर्ने समझदारी बनाएको हो ।

एउटै एजेण्डामा विहान ९ बजेदेखि पौने एक बजेसम्म बसेको बैठकमा पदाधिकारी चयनका लागि चुनाव नगर्ने समझदारी बनाएको एक नेताले जानकारी दिएका छन् । ‘आज विहानदेखि बसेको बैठकमा पदाधिकारी चयनकै विषयमा केन्द्रीत भएर छलफल भयो,’ ती नेताले भने, ‘पदाधिकारी चयनका लागि चुनावमा जान दिनु हुन्न भन्ने अध्यक्षको कुरामा सबैको सहमति रह्यो ।’ अध्यक्ष प्रचण्डले शुरुमा पदाधिकारीदेखि स्थायी र पोलिटब्युरो चयनका विषयमा धारणा मागेका थिए । त्यसपछि कार्यालयका सदस्यहरुले सुझावसहित आफ्नो दाबी पेश गरेका थिए ।

बैठकमा जनार्दन शर्मा, मात्रिका यादव, वर्षमान पुनले पदाधिकारीमा इच्छा रहेको बताएका थिए । शर्मा र पुनको दाबी महासचिवमा छ भने यादवले वरिष्ठ उपाध्यक्ष दाबी गरेका छन् । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेगरी पदाधिकारी रहने व्यवस्था छ । स्रोतका अनुसार आकांक्षी धेरै भएपछि उपाध्यक्षको संख्या बढाउन सक्ने सम्भावना पनि छ । केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल लम्बिएपछि केन्द्रीय समितिको जारी बैठक भोलि दिउँसो १ बजेसम्मलाई स्थगन गरिएको छ ।


प्रकाशित मिति: मंगलबार, २१ असार, २०७९, १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९