अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष

अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष


अर्थमन्त्री शर्माले राजीनामा दिनु नपर्ने माओवादीको निष्कर्ष

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पूर्व स्थायी कमिटिको वैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ । छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिएका छन् ।

पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ । बैैठकमा सहभागी तीन नेताले भने, ‘उहाँले कुनै गलत गर्नु भएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।’

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन भन नेकपा माओवादी केन्द्र तयार देखिएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानविन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निणर्य गरेको छ । एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार देखिएको छैन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।


प्रकाशित मिति: बुधबार, २२ असार, २०७९, १३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९