देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैनः विप्लव

देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैनः विप्लव


देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैनः विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजासँग सेनालाई मिलाए अरु पार्टीलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नाम नै त नलिऊँ, मेरा केही पुराना मित्रहरुले विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीलाई प्रतिबन्ध लगाउन खोज्दैछ भन्छन् । लाउने नै हो,’ उनले भने । दलाल र देश बेच्नेहरुलाई भोट हाल्न दिन नहुने पनि उनले बताएका छन् ।

‘दलालहरुलाई प्रतिबन्ध लगाइँदैन त ? देश बेचेर खानेहरुलाई भोट हाल्न दिनु हुँदैन नेपालमा,’ विप्लवले थपे, ‘१० वर्ष प्रतिबन्ध लगाएर भोट हाल्न दिनु हुँदैन । देश बेचेर खानेलाई जनताले पाउने अधिकार दिन हुँदैन ।’ राजनीति वर्ग संघर्ष र पीडाबाट निस्कने विषय भएको पनि उनले बताएका छन् ।
‘न्यायाधीशलाई घरबाट थुतेर कुट्नु पर्छ’

महासचिव चन्द्र विप्लवले आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने हिंसात्मक अभिव्यक्ति समेत दिएका छन् ।

महासचिव विप्लव अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए । उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो ? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो? यो न्यायाधीश को हो? यिनलाई त घरघर गएर थुतेर कुट्नु पर्छ ।’


प्रकाशित मिति: बुधबार, २२ असार, २०७९, १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९