जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई सुरक्षित : पर्यटन श्रेष्ठ

जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई सुरक्षित : पर्यटन श्रेष्ठ


जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रलाई सुरक्षित : पर्यटन श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव कम गर्न सरोकारवाला सचेत हुनुपर्ने बताएका छन्।

साथसाथै नामक संस्थाले  बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनबाट पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित गर्ने भन्ने बिषयमा आवश्यक रणनीति बनाउनुपर्ने बताए। 

जलवायुजन्य प्रकोपका कारण पर्यटन क्षेत्रको अर्थतन्त्रमा गम्भीर असर पुग्नसक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्र पुनरुस्थानको क्रममा रहेको बताए । महामारीको असर कम हुँदै जाँदा पर्यटन आगमन सामान्य हुँदै गएको  र पर्यटन गतिविधि पुनरागमनको अपेक्षा गरिएको उनको भनाइ छ । 

कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले वातावरणीय न्यायका लागि बनेका ऐन र कानुनको प्रभावकारी कार्यन्वयनमा जोड दिए ।

सो अवसरमा जलवायु परिवर्तनले महिलाको जनजीवन र पर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन ६० जना महिलाले डोल्पाको शे(फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने जानकारी दिइएको थियो ।

 


प्रकाशित मिति: बुधबार, २२ असार, २०७९, २१:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९