प्रदेश नं. १ मा स्वास्थ्य पत्रकार मञ्च गठन

प्रदेश नं. १ मा स्वास्थ्य पत्रकार मञ्च गठन


प्रदेश नं. १ मा स्वास्थ्य पत्रकार मञ्च गठन

विराटनगर । स्वास्थ्य पत्रकार मञ्च नेपाल प्रदेश एक तदर्थ समिति गठन गरिएको छ  । 

स्वास्थ्य पत्रकार मञ्चकी पूर्व कार्यसमिति सदस्य जुनु भटराईको संयोजकत्वमा समिति गठन भएको हो । 

सो समितिको सदस्यहरुमा अनिल श्रेष्ठ मोरङ,कृष्ण गौतम तह्थुम, पूर्ण चौधरी धनकुटा, अर्जुन बस्नेत भोजपुर, इश्वर तामाङ उदयपुर, रीता राइ इलाम, उमानाथ भण्डारी झापा र संगम विष्ट सुनसरी रहेका छन् । सो समितिले छ महिनाभित्रमा अधिवेशन आयोजना गरी पूर्णता पाउनेछ ।

 प्रदेश समिति गठनका क्रममा स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारिता वृहत बन्दै गइरहेकोले सातवटै प्रदेशमा मञ्चको समिति विस्तार गरिने बताए

। उनले स्वास्थ्य पत्रकारिता अरु विट भन्दा जटिल रहेको भन्दै संवेदनशिल भएर स्वास्थ्य पत्रकारिता गर्नुपर्ने बताए । 

मञ्चका महासविच भिषा काफ्लेले स्वास्थ्य पत्रकारितालाई व्यवसायिक बनाउन तथा क्षमता अभिवृद्धि गर्नका लागि मञ्चले पत्रकारहरुलाई सहयोग गर्दै आएको बताए । अब स्थानीय तह र प्रदेशमा बसेर काम गर्ने पत्रकारले पनि विधागत विशिष्टता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । 

प्रदेश नं. १ का स्वास्थ्य सचिव अनुज भट्टचनले मञ्च गठनले स्वास्थ्य पत्रकारिताको विधालाई अघि बढाउन सहयोग पुग्ने बताए । 

प्रदेश एकका स्वास्थ्य निर्देशनालय प्रमुख ज्ञान बहादुर बस्नेतले स्वास्थ्य बुझेका पत्रकारले स्वास्थ्यका विषयमा लेख्दा राम्रो हुने बताए । 


प्रकाशित मिति: बिहिबार, २३ असार, २०७९, १०:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९