काठमाडौँ । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चार जनामा हैजाका विरामी भेटिएको बताए ।
थप चार जनामा हैजा भेटिएसंगै अहिलेसम्म २७ जनामा हैजाहुनेको संख्या पुगेको छ । उनका अनुसार कागेश्वरी मनहरा वडा नं. ६ का तीन जना र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।
कागेश्वरी मनहराका १८ बर्षिया महिला, २४ बर्षिया महिला र १२ बर्षका बालक तथा हरिसिद्धिका ६२ बर्षिय महिला रहेका छन् ।
कागेश्वरी मनहराका हैजाका विरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धीका ६२ बर्षिय महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९