धन पैसाको हातमा राजनीति जाने भन्दै युवा नेता खिमलाल भट्टराईले दिए निर्वाचन खर्च घटाउने यस्ता सुझाव

धन पैसाको हातमा राजनीति जाने भन्दै युवा नेता खिमलाल भट्टराईले दिए निर्वाचन खर्च घटाउने यस्ता सुझाव


धन पैसाको हातमा राजनीति जाने भन्दै युवा नेता खिमलाल भट्टराईले दिए निर्वाचन खर्च घटाउने यस्ता सुझाव

काठमाडौँ । नेकपा ९एमाले०का युवा नेता खिमलाल भट्टराईले  निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन सवैमा आग्रह गरेका छन् ।

सामाजिक संजालमा उनले राजनीतिमा राजनीतिक पृष्ठभूमिको मानिसलाई प्रवेश गराउनका लागि निर्वाचन खर्च घटाउनुपर्ने बताएका छन् ।

उनले निर्वाचनलाई कमभन्दा कम खर्चिलो   र स्वच्छ कसरी बनाउने आजको आवश्यकता भएको औल्याए ।

उनले पैसा धनवाला निर्वाचनबाट निर्वाचित भएर आएको खण्डमा जनताको जीवनको परिवर्तन, लोकतन्त्रको सवलिकरण र समाजवादको यात्रामा पुग्न नसकिने ठोकुवा गरे । 

“अहिलेको चुनावको तरिका र आर्थिक खर्चको हिसाबले पार्टीहरूले पनि धनी मान्छे नै उम्मेदवार खोज्नुपर्ने अवस्था आउने भयो । यसरी त राजनीतिक पृष्ठभूमि केही नभएका बिभिन्न धन्दाबाट धनपैसा कमाएका दलालहरूको हातमै राजनीति जाने भयो । चुरिफुरि सबै तिनैको हुने भयो ।  त्यसरी आउनेहरुबाट केको जनताको जीवनमा परिवर्तन, केको लोकतन्त्रको सबलीकरण र केको समाजवाद तर्फको यात्रा । त्यसैले यस विषयमा गम्भीर बनौ । ” उनले भनेका छन् । 
 

निर्वाचन खर्च घटाउने यस्ता छन् सुझाव 

१. चुनाव प्रचारको अवधि २० दिनभन्दा बढी नराखौँ  ।

२. दुई दिनको मौन अवधिलाई सके हटाऔँ, नसके एकदिनमा सीमित गरौँ ।

३. पार्टीले सामान्य कागजमा घोषणापत्र र उम्मेदवारले सामान्य पोष्टर र पर्चा  बाहेक केही पनि छाप्न र बाड्न नपाउने बनाऔँ। चुनाव चिन्ह र पार्टीको झण्डा वाहेक टोपी, भेष्ट वा अरु कपडाजन्य सामग्रीको माध्यमबाट गरिने प्रचारलाई पूर्ण बन्देज गरौँ ।

४. चुनावको अवधिभर रक्सी सेवन र विक्री वितरणलाई  पूर्ण बन्देज गरौ ।

५. गाडी तथा मोटरसाइकल र्‍यालीलाई पूर्ण प्रतिबन्ध लगाऔ ।

६. प्रचारको क्रममा जिल्ला र सङ्घीय निर्वाचन क्षेत्र स्तरमा एक÷एक ओटा मात्रै आमसभा गर्न पाइने बनाऔँ ।

७. गाडी घोडाको प्रयोगलाई पनि सीमित बनाऔ ।

गरीब मुलुकका हामी नागरिकले केही चिज पनि भड्किलो गर्न जरुरी नभएको भन्दै उनले अति सामान्य हिसाबले जनताको वीचमा आ–आफ्ना भएसम्मका वलिया विचार लिएर जाने तरिका अपनाउनुपर्नेमा जोड दिए । 


प्रकाशित मिति: शनिबार, २५ असार, २०७९, १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९