बुढागंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

बुढागंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित


बुढागंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिद्धन्द्धी नेपाली काँग्रेसका रंगबहादुर खातीलाइ १००३ मतले पराजित गर्दै विजयी भएका हुन । 

बाँनियाले चार हजार ७७७ मत पाएका छन् भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन।हजार ७७४ मत प्राप्त गरेका छन ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडका चार हजार ७२७ मत पाएर विजयी भएकी छन् । उनकी प्रतिद्धन्द्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाएकी छन् ।

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन ।

निर्वाचन आयोगले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 


प्रकाशित मिति: आइतबार, २६ असार, २०७९, १२:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९